आज काठमाडौंका विभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द हुने 



काठमाडौं,माघ ८ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका केही स्थानमा आज कम्तीमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणले आज ए सार्वजनिक सूचना जारी गरी प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणका अनुसार तारेभीर फिडर अन्तर्गत चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्