राष्ट्रियसभा निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि लागू
काठमाडौं,माघ ९ । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि लागू भएको भएको छ। गएराति १२ बजेदेखि लागु हुने गरी अब निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन्।
यो अवधिमा उमेदवारका पक्ष–विपक्षमा प्रचार गर्न पाइँदैन। कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने निर्वाचन आयोगले आयोगले जनाएको छ।
राष्ट्रियसभाको रिक्त १९ पदका लागि यही माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म निर्वाचन हुँदै छ। निर्वाचनको समय बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ।

