ओखलढुंगाको गोरूमारेभञ्ज्याङबाट ३४ हजार ६ सय २० नगदसहित ६ जना जुवाडे पक्राउ



ओखलढुंगा,माघ १० । ओखलढुंगा जिल्ला सदरमुकामको गोरूमारेभञ्ज्याङबाट ३४ हजार ६ सय ३० नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलाइरहेको सूचनाका आधारमा प्रहरीले माया होटलबाट ६ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त होटलमा खानतलासी गर्दा पक्राउ परेका व्यकिहरुले हारजीत हुनेगरी जुवातास खेलिरहेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेका व्यक्तिहरुसँगै ३ गड्डी तास, तास खेल्न प्रयोग हुने कार्पेट र जुवा खालबाट नगदसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्