जबरजस्ती करणीको आरोपमा नुवाकोट शिवपुरीका एक युवक पक्राउ



नुवाकोट,माघ १० । जबरजस्ती करणीको आरोपमा नुवाकोट शिवपुरीका एक युवक पक्राउ परेका छन् ।

एक महिलालाई करणीको आरोपमा प्रहरीले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ४ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २५ वर्षीय निरन्जन बुढाथोकीलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा लगि करणी गरेको उजुरीको आधारमा उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्