राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी
काठमाडौं,माघ ११ । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका हुन् ।
बिहीबार हेटौंडामा सम्पन्न मतगणना अनुसार गठबन्धको तर्फबाट नेपाली कांग्रेसका दुई जना, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का एकएक जना उम्मेदवार विजयी भएका हुन् ।
विजयी हुनेहरुमा कांग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छन् भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् ।
मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए । स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका थिए भने ११० प्रदेश सभा सदस्य मध्य १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका थिए ।

