राष्ट्रियसभा सदस्य निर्वाचन : मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित



काठमाडौं,माघ १२ । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी विजयी भएका छन् ।

अन्य कोटातर्फबाट ढुंगानाले प्रदेशसभा सदस्यको ६७ र स्थानीय तहका पदाधिकारीको २०१ मत पाए भने महिला कोटातर्फ चौधरीले प्रदेशसभाको ७६ र स्थानीय तहका पदाधिकारीको २०५ मत पाए ।

ढुंगानाले कुल ७ हजार ३७० मतभार पाउँदा चौधरीले ७ हजार ९२३ मतभार पाइन् । 

प्रतिक्रिया दिनुहोस्