मोदीलाई दिए प्रचण्डले शुभकामना



काठमाडौं,माघ १२। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ७५औँ गणतन्त्रका दिवसको अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।

शुभकामनामा प्रधानमन्त्री प्रचण्डले त्यहाँका जनता र भारत सरकारको सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि कामना गरेका छन् ।

उनले दुई देश बिचको मित्रताको सम्बन्ध अझै प्रगाढ हुँदै जानेमा विश्वास लिएको पनि शुभकामनामा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्