टोखाको फूलबारी जंगलमा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला




झोर,माघ १३ । टोखा नगरपालिका वडा नम्बर १ फूलबारी जंगलमा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको छ ।

शनिबार स्थानीयले जंगलमा कपडा, ग्लोब्स र खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । शिशुको अवस्था हेर्दा अस्पतालमा जन्मिएको केहि समयमै खाडलमा गाडिए जस्तो देखिएको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

घटनाको सूक्ष्म अनुसन्धान भैरहेको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्