रुकुमपश्चिममा १८ हजार अस्थायी आवास निर्माण



रुकुम,माघ १४ । रुकुमपश्चिममा १८ हजार ८६६ अस्थायी आवास निर्माण गरिएका छन् । ६ हजार ९७६ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लाभर रु ७६ करोड ५९ लाख लाभग्राहीलाई भुक्तानी दिइएको छ । करिब २७ हजार ३६ लाभग्राहीले रकम प्राप्त गरेका छन् ।

चौरजहारी नगरपालिकामा ३ हजार ९१५, आठबिसकोट नगरपालिकामा ५ हजार ७८५, मुसिकोट नगरपालिकामा ४९६, सानीभेरी गाउँपालिकामा ५ हजार २४०, त्रिवेणी गाउँपालिकामा २ हजार ४७५ र बाँफीकोट गाउँपालिकामा ५७३ अस्थायी आवास निर्माण गरिएका छन् ।

त्यस्तै चौरजहारी नगरपालिकाका ६ हजार २५४, आठबिसकोट नगरपालिकाका ९ हजार ६६७, मुसिकोट नगरपालिकाका १ हजार ४०, सानीभेरी गाउँपालिकाका ५ हजार ६२४, त्रिवेणी गाउँपालिकाका २ हजार ७५२ र बाँफीकोट गाउँपालिकाका १ हजार ६९९ लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छन् ।

त्यस्तै चौरजहारी नगरपालिकामा रु १५ करोड ६३ लाख ५० हजार, आठबिसकोट नगरपालिकामा रु २४ करोड १६ लाख ७५ हजार, मुसिकोट नगरपालिकामा रु २ करोड ६० लाख, सानीभेरी गाउँपालिकामा रु १४ करोड छ लाख, त्रिवेणी गाउँपालिकामा रु १ करोड ८८ लाख र बाँफीकोट गाउँपालिका रु ४ करोड २४ लाख ७५ हजार रकम लाभग्राहीको खातामा भुक्तानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए । 

जिल्लाभर २९ हजार ४०६ लाभग्राही रहेकामा २७ हजार ३६ लाभग्राहीको खातामा मात्र अस्थायी आवासका लागि पहिलो किस्ताको रकम भुक्तानी गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्