‘एक वर्षसम्म कर्णाली सरकारले माखो मार्न सकेन’ : एमाले



काठमाडौं,माघ १४। प्रतिपक्षी नेकपा एमालेले कर्णाली प्रदेश सरकारको एक वर्षको कार्यप्रगति शून्य रहेको निष्कर्ष निकालेको छ। गत माघ १२ मा बसेको कर्णाली प्रदेशसभा संसदीय दलले सरकारको कार्यप्रगति शून्य र निराशाजनक रहेको निष्कर्ष निकालेको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।

उनले विकासप्रति जनताको आकांक्षा, कर्णालीको भौगोलिक अवस्था र सरकारको विकास नीति तथा गतिबीच तालमेल नमिलेको टिप्पणी गरे। नेता कँडेलले सरकारको गलत कामका कारण जनप्रतिनिधि र व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको बताए ।

एमालेले योजना निर्माणमा प्रदेश सरकार अपारदर्शी रहेको र भ्रष्टाचार तथा कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा नै उद्धत भएको आरोप लगाएको छ। राजकुमार शर्मा नेतृत्वको कर्णाली सरकारले गत २७ पुसमा एक वर्ष पूरा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्