किसानलाई गाईपालन तालिम



हेटौंडा,माघ १५ । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले हेटौंडामा आधारभूत गाईपालन तालिम संचालन गरेको छ ।

आइतबारबाट सुरु भएको तालिममा संस्थाको ३८ जना कृषक सदस्यहरु उपस्थित छन् । संस्थाले आफ्नो सदस्यलाई आत्मनिर्भर बनाउनका लागि तालिम आयोजना गरेको हो । ‘आधुनिक तरिकाले व्यवसायिक रुपमा गाइपालन गरौं, दुध तथा दुधजन्य पदार्थ बेचौं, पैसा कमाऔं र आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ ३ दिने तालिमको आयोजना गरेको छिमेक लघुवित्त संस्था हेटौंडाका प्रबन्धक भानुभक्त आचार्यले बताए ।

सोमबार हेटौंडा उपमहानगरका पशु शाखाका शाखा अधिकृत गणेश रानाभाटले तालिम दिएका छन् । तालिममा उनले हेटौंडाको सबै गाईपालक किसानहरुको समूह बनाएर सूचना प्रवाह गर्ने तयारी भइरहेको जानकारी दिए ।

तालिम छिमेक लघुवित्त वित्तिय संस्थाको हेटौंडास्थित सभाहलमा भइरहेको छ । तालिम भोलि मंगलबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्