नुवाकोटमा एक वृद्धको हत्या, हत्यामा संलग्न दम्पती पक्राउ



नुवाकोट,फागुन १९ । नुवाकोटमा एक वृद्धको हत्या भएको छ । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ३ ठूलोगाउँ बस्ने ७१ वर्षीय टेकप्रसाद भट्टको हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। मंगलबार भएको घटनामा संलग्न आरोपमा ४१ वर्षीय चेतबहादुर दमाई र उनकी ३१ वर्षीया श्रीमती दिपा भट्ट भुसाल पक्राउ परेका छन् ।

लामो समय नुवाकोट बस्दै आएका टेक प्रसादलाई भुसाल दम्पतीले फकाएर जङ्गलमा लगि दाउराले हानी हत्या गरेको खुल्न आएको प्रहरी कार्यालय प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्