संसदमा खतिवडाले भने, सहकारी पीडितले न्याय पाउन!



काठमाडौं,फागुन २४ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई जनताले भेट्न सक्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

यही फागुन १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले प्रधानमन्त्री हराएको भनी व्यङ्ग्य गरेको थियो ।यसबीचमा एमाले सरकारमा सहभागी भएको छ ।

यसप्रति व्यङ्ग्य गर्दै कांग्रेस सांसद खतिवडाले भने, ‘सर्वप्रथमत हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेटनुभएकोमा सबैलाई हार्दिक बधाइ दिन चाहन्छु । अब सरकारलाई जनताले भेटोस्, सहकारी पीडितहरुले न्याय पाउन् । सहकारी ठगहरुले कारबाही पाउन् । मिटरब्याजीले न्याय पाउन् । लघुवित्त पीडितहरुले न्याय पाउन् ।’

प्रतिक्रिया दिनुहोस्