बिआरआइमा इम्लिमेन्टेसन प्लान आवस्यक नै छैन : चिनका लागि नेपाली राजदुत श्रेष्ठ



काठमाडौं,बैशाख १७ । चीनका लागि नेपाली आवासीय राजदूत विष्णु पुकार श्रेष्ठले  बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआइ) मा (इम्लिमेन्टेसन प्लान) कार्ययोजना आवस्यक नै नभएको बताएका छन् ।

छोटो प्रतिक्रिया दिंदै उनले सबै एमओयूहरू (सम्झौता) बीआरआइ अन्तरगतनै रहेका र त्यस्ता एमओयू भइसकेकाले त्यसको आवस्यकता नहुने बताएका हुन । थप स्पष्ट पार्दै श्रेष्ठले बीआरआइका बारेमा सरकारले गरिरहेको  काम अन्तिम अवस्थामा रहेको तर इम्लिमेन्टेसन प्लान नगरे पनि हुने बताए ।

उनले बिआरआइका आयोजना नभएपनि उनिहरूका लागि बिआरआइ सहरनै हुने बताए ‘हामिलाई मात्रै हो यो यो प्रजेक्ट बिआरआइ अनुसार भएको हो भन्नु पर्ने उनिहरूका लागि सबै प्रजेक्ट बीआरआइ अन्तरगत नै हुन । हामिलाई हो त्यो प्लान चाहिने उनिहरूलाई एमओयू भए पुग्यो,’  उनले भने ।

नेपाल र चिन बीच सन् २०१७ मा  बिआरआइ संग सम्बन्धित एमओयू भएको थियो । हाल यसको कार्ययोजना तयार पार्ने र दुई पक्षीय सहमति गर्ने गरी सरकारले काम गरिरहेको छ । बिआरआइ सम्झौता भए देशको सार्वभौमिकता गुम्ने तथा चर्को व्याजदको ऋणमा पर्ने भन्दै नेपालमा यो परियोजनाको बिरोध समेत हुँदै आएको छ .

श्रेष्ठलेभने बीआरआइ को मर्म कसैले नबूझेको बताए । उनले व्याजदर के कति हुने भन्ने पछिको कुरा भएको तथा त्यो कु्रा बैंकको भएकोले त्यसको  छुट्टै डिल हुने बताए । ‘यसमा केहि सहमतीहरूका कुरा होला । यसको मर्म कसैले बुझेनन्, यसले त पूर्वाधारमा र कनेक्टीभिटीमा तिमि पनि लगानी गर म मनि लगानी गर्छु भनेको हो । यसले अनुदान दिने होइन तर हामिले लिन पनि सक्छौं,’ उनले भने, ‘यसको त प्रोजेक्ट नै बनेका छैनन् बनेका भए पो यो यो लिने वा नलिने भन्ने हुन्यो । व्यजदर बैंकको कुरा हो त्यो छुट्टै डिल गर्ने हो, यसको ऋणले ट्र्यापमा पार्छ भन्ने जस्ता सबै कुरा गलत हुन ।’

नेपलमा जारी लगानी सम्मेलनमा पनि ५ सय बढी चिनियाँ नागरिक आएको भन्दै चिनियाँका लागि नेपाल जस्तो देश लगानीका लागि उपयुक्त भएको बताए । नेपालमा सस्तो श्रमशक्ति र अन्य धेरैकुरा सस्तो भएकोले चिनियाँ उत्पादन मूलक क्षेत्रका लगानीकर्ता नेपालमा लगानी गर्न उत्सुक रहेको बताए ।

नेपालमा आएर नेपालले चाहेकै क्षेत्रमा लगानि गर्ने र आँफूले पनि मुनाफा गर्ने नै उनिहरूको उद्देश्य छ । भारतका कारण नेपामा चिनियाँलाई समस्या छ भन्ने गरिन्छ नी भन्ने अभियानको प्रश्नमा उनले त्यो समस्या चिनियाँको नभइ हम्रो अर्थात नेपालीको समस्या भएको बताए ।  चिनियाँहरूको राम्रो पक्ष भनेकै हरेक कुराको अनुसन्धान गर्छन् सम्भव देखे लगानी गर्छन् नत्र नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्