काभ्रेमा प्रतिकेजी तीन रुपैयाँमा पनि बिकेन काउली



काभ्रेपलान्चोक,माघ २५ । काभ्रेमा प्रतिकेजी तीन रुपैयाँमा पनि काउली नबिकेपछि किसान मारमा परेका छन् ।

व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानले उचित मूल्य नपाएपछि मारमा परेका हुन् ।

खेतमा लगाइएको तरकारी बिक्री नभएपछि गाईवस्तुलाई तरकारी खुवाउन बाध्य भएका छन् । जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४ तामाघाटका किसानहरुले काउली बिक्री नभएपछि निशुल्क वितरण गरेको बताएका छन् ।

स्थानीय कृषक भरत दनुवार भन्छन् – ‘बजारमा १५ देखि २० रुपैयाँ प्रतिकेजी बिक्री भैरहेको काउली हामी कहाँ ३ रुपैयाँमा पनि बिक्री भएन, कुहिएरै जाने चिन्ताले एक झोलाको १०० रुपैयाँमा दिने गरेको छु, झोलामा ४० किलो जान्छ ।’

प्रतिक्रिया दिनुहोस्