सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, माघ २५ । नेपाली बजारमा आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्