म्यानमारमा वायु प्रदूषणका कारण विद्युत आपूर्ति बन्द



म्यानमार,माघ २५ । म्यानमारको याङ्गुनमा उच्च वायु प्रदूषण भइरहेको छ । वायु गुणस्तर ५० देखि दुई सय वायु गुणस्तर सूचकाङ्क(एक्युआई) बिच फरक छ ।

मौसमविज्ञान र जलविज्ञान विभागका निर्देशक उ ह्ला तुनले दुई सयसम्म पुग्ने स्तरलाई अस्वस्थकर मानिएको बताए।

यातायातको अत्यधिक प्रयोगका कारण बिहान र साँझ प्रदूषणको स्तर बढ्दै गएको उनको भनाइ छ । सवारी साधनको उत्सर्जन, फोहोर जलाउने र डढेलोबाट हुने वायु प्रदूषण बढ्दो चिन्ताको विषय बनेको बताए ।

साथै याङ्गुनमा बारम्बार विद्युत् आपूर्ति बन्द हुँदा उद्योगहरू जेनेरेटरमा भर पर्न बाध्य भएका छन् । जसले गर्दा वायु प्रदूषण अझ बढेको उनले बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू लाग्ने र विशेष गरी वृद्धवृद्धा, बालबालिका र क्षयरोग भएका व्यक्तिहरूलाई समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस्