कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय



खोटाङ,माघ २५ । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो।

जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ २५ गते सजाय निर्धारण गरेको हो। दुई वर्ष ६ महिना कैद र एक लाख जरिवाना सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेष्तेदार सिताराम खड्काले जानकारी दिए । यस्तै, पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ति दिने सजाय फैसला भएको उनको भनाइ छ। 

कृषिविज्ञ राईमाथि आफैले सञ्चालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउण्डेसनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग थियो। यौन दुरुपयोग कसुरमा अदालतले राईलाई गत माघ १० गते कसुर ठहर गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्