नुवाकोट विदुरका वडासदस्यलाई त्रिशुली खोलाले बगायो



नुवाकोट,माघ २६ । जिल्लाको विदुर नगरपालिका वडा नं ९ का वडा सदस्यलाई त्रिशूली खोलाले बगाएको छ ।

शनिबार विहान विदुर ५ स्थित देविघाट जालपा मन्दिर दर्शनार्थ त्रिशूली नदीमा नुवाउने क्रममा विदुर ९ की वडासदस्य धनकुमारी सुनारलाई नदीले बगाएको हो ।

सुनारको हाल खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । वडासदस्य सुनार नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्