त्रिशुलीले बगाएकी विदुरकी वडा सदस्यको शव भेटियो
नुवाकोट,माघ २६ । त्रिशुली नदीले बगाएकी विदुर नगरपालिका वडा नम्बर ९ की वडा सदस्य धनकुमारी सुनारको शव भेटिएको छ ।
शनिबार विहान विदुर नगपालिका वडा नम्बर ५ देविघाट स्थित जालपा मन्दिरमा दर्शनार्थ खोलामाा नुवाउने क्रममा सुनारलाई नदीले बगाएको थियोे ।
खोलाले बगाएर बेपत्ता भएकी सुनारलाई बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटीस्थित त्रिशुली नदिको किनारमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शव पोष्टमार्टमको लागि त्रिशुली अस्पतालमा राखिएको छ । वडासदस्य सुनार नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य हुन् ।

