नुवाकोटको शिवपुरीमा नेपाल टेलिकमको निशुल्क सिम वितरण
नुवाकोट,माघ २७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयमा नेपाल टेलिकमले निशुल्क सिम वितरण गरेको छ ।
लाइभ नेपाल नेटवर्क प्रालि र नेपाल टेलिकमको सहयोगमा भएको साइबर सुरक्षा सम्बन्धि सचेतना मूलक कार्यक्रममा करिब २ सय जना स्थानीय नागरिकलाई निशुल्क सिमकार्ड वितरण गरिएको हो ।
शुक्रबार भएको सचेतनामूलक कार्यक्रममा पछिल्लो समय समाजमा बढ्दै गएको आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि शिक्षक, अभिभावक र विद्यार्थी सचेत हुनुपर्ने राय सहभागीहरुले गराएको विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछानेले बताए ।

