नुवाकोट आएका नेता इश्वर पोखरेल भन्छन् -‘अध्यादेश पारित हुन्छ’



नुवाकोट,माघ २६ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यादेश पारित हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

शनिबार नुवाकोट आइपुगेका पोखरेलले जनताका जल्दाबल्दा समस्याको तत्काल समाधान गर्न सरकारले अध्यादेश ल्याएको बताएका हुन् ।

‘प्रतिनिधिसभामा त केहि समस्या भएन । समस्या राष्ट्रियसभामा हो । त्यो छलफलमै रहेको छ । कुरै भएन’, उनले भने ‘सरकारको आयु नेकपा एमाले र नेपाली कांग्रेसले इमान राखुञ्जेल टिक्छ। इमान रहुञ्जेल कसैले धारे हात राखेर भत्काउन सक्दैन । अहिलेको समीकरणमा नेपाली कांग्रेस र नेकपा एमाले कटिबद्ध छ ।’

सरकारको आयुको बारे मिथ्या, भ्रामक जानकारीलाई लिएर समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्