पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा स्वागत
पोखरा,माघ २८ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा स्वागत गरिएको छ । आइतबार परिवारका सदस्य सहित समिट एयरको चार्टर जहाजबाट पोखरा आएका पूर्व राजा ज्ञानेन्द्रलाई पोखरामा विभिन्न संघ संस्थाले पोखरा विमानस्थलमा स्वागत गरेका हुन् ।
पूर्व राजाका समर्थितहरूले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ भन्ने नारा लगाउँदै पूर्वराजाको जय जयकार गरेका थिए ।
पूर्व राजा शाह रुपाकोट रिसोर्टमा बसेको श्रोतको दाबी छ । आजदेखि शाहको शक्तिपीठ भ्रमणको तालिका रहेको छ भने उनी करिब दुई साताका पोखराका शक्तिपिठहरुको अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
पूर्वराजा शाह विमानस्थलमा उत्रिए लगत्तै उनका समर्थकहरूले राजतन्त्रको पक्षमा नारा लगाएका थिए ।

