साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ ‘म्यानेजर अफ द इयर अवार्ड’बाट सम्मानित



काठमाडौ,माघ २८ । नेपाल व्यवस्थापन संघले हरेक वर्ष प्रदान गर्दै आएको म्यानेजर अफ द इयर अवार्ड यसवर्ष साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई प्रदान गरिएको छ । सङ्घको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनको अवसरमा उक्त अवार्डस् प्रदान गरिएको हो ।

३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा सेवा गरेकी श्रेष्ठ सन् २००७ यता प्रमुख कार्यकारी अधिकृतको रूपमा बहाल रहेकी छन् । उनले साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधिकरण मार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याण मार्फत उदाहरणीय योगदान पुर्‍याइएकोमा उनलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

त्यस्तै वुमन म्यानेजर रिकग्निसन अवार्ड स्नेहा राजभण्डारीलाई प्रदान गरिएको छ । राजभण्डारी बोटलर्स नेपाल लिमीटेडको पब्लिक अफेयर्स, कम्युनिकेसन्स र सस्टेनेबिलिटी डाइरेक्टर हुन् । कर्पोरेट सस्टेनेबिलिटी, नियामकीय मामिला तथा लैंगिक समावेशीकरण तथा औद्योगिक सहकार्य र नीतिगत पैरवीका क्षेत्रमा गरेको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो ।

त्यस्तै संघले पूर्वमुख्यसचिव तथा संघका पूर्वअध्यक्ष डा.विमल कोइरालालाई पनि सम्मान गरेको छ । डा. कोइराला सार्वजनिक नीति तथा प्रशासनिक सुधार एवं पैरवीका क्षेत्रमा क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहोस्