नुवाकोटको छहरे-त्रिशुली सडकखण्डमा विद्युतीय गाडी र मोटरसाइकल ठोक्किएर दुर्घटना–एकको मृत्यु



नुवाकोट ,माघ २८ । नुवाकोटमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज विहान छहरे–त्रिशुली सडकखण्डको लिखु गाउँपालिका वडा नं. ५ अमिलेबोटमा माईक्रोवस र मोटरसाईकल एक आपसमा ठोकिए दुर्घटना भएको हो ।

काठमाण्डौंबाट त्रिशुलीतर्फ आउँदै गरेको बा.प्र.–०६–००१ ज ०४३९ नं. को विद्युतीय माइक्रो बस र काठमाण्डौंतर्फ गइरहेको बा.प्र.–०२–०२३ प– २४६४ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक रसुवा उत्तरगया गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २५ का प्रमोद थापा र मोटरसाईकल पछाडी सवार सोही स्थानका वर्ष ३८ का पुरूषोत्तम लामिछाने घाईते भएका थिए । घाइते लामिछानेको उपचारार्थ चिरायु अस्पताल बसुन्घरा पठाईएकोमा उपचारमा संलग्न चिकित्सकले दिउँसो मत्यु घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न ईभी माइक्रो बस र सो माइक्रो बसको चालक नुवाकोट विदुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३६ को नारायण वर्देवा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्