नृत्य प्रशिक्षक लामाको निधन



काठमाडौ,माघ २९ । नृत्य प्रशिक्षक धावा लामाको अल्पायुमै निधन भएको छ ।

सर्लाही घर भएका लामाको ३३ वर्षको उमेरमा निधन भएको हो । नृत्य र कमेडीमा चर्चा बटुलेका लामाको आइतबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

लामाको मृगौला फेल भएर निधन भएको बताइएको छ । उनले नुवाकोटको छहरे बजार नजिकै रहेको श्री सेई अङ्ग्रेजी माध्यमिक विद्यालयमा झण्डै ३ वर्ष नृत्य प्रशिक्षकका रुपमा पनि काम गरेका थिए । लामाको निधनप्रति सो विद्यालयका प्रधानाध्यापक राजन खतिवडाले दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्