नदीमा हाम फालेकी महिलाको प्रहरीद्वारा उद्धार



पूर्वी नवलपरासी,माघ २९ । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षीया अनिता हरिजन त्रिवेणी व्यारेजबाट नारायणी नदीमा हाम फालेकी थिइन । 

सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार पश्चात उनलाई उपचारका लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्