जनयुद्ध दिवसमा पञ्चकन्या गाउँपालिकाले दियो सार्वजनिक बिदा



नुवाकोट,माघ ३० । जिल्लाको पञ्चकन्या गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले बुधबार विज्ञप्ति जारी गरेर फागुन १ गते बिहीबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।

‘प्रस्तुत विषयमा यस गाउँपालिकाको निर्णयअनुसार मिति २०८१ फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा यस पञ्चकन्या गाउँपालिकाको कार्यालय तथा मातहतका सबै सरकारी कार्यालय, संघ-संस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्