नुवाकोटका चार पालिकाले दिए जनयुद्ध दिवसमा सार्वजनिक बिदा
नुवाकोट,माघ ३०। नुवाकोटका चार पालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र ककनी गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामार्फत जानकारी गराएका छन् । तत्कालीन नेकपा माओवादीले फागुन १ गते सुरु गरेको जनयुद्धको स्मरणमा विभिन्न कार्यक्रम गरी मनाइने चलन छ । यसअघि माओवादी घटकले मात्रै जनयुद्ध बनाउने गरिए पनि पछिल्ला वर्षहरुमा सरकारी तबरबाट समेत जनयुद्ध दिवसकोमा सार्वजनिक बिदा दिने लगायत कार्यक्रम हुन थालेका छन् ।
जनयुद्धकै बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, संविधानसभाबाट संविधान निर्माण, समावेशी, समानुपातिक व्यवस्थालगायत उपलब्धि हासिल गरेको भन्दै ती पालिकाहरुले सार्वजनिक बिदा गर्ने निर्णय गरेकोको सूचनामा उल्लेख गरेका छन् ।

