वनभोज गएर फर्कदै गरेको स्कुल बस शंखरापुरमा दुर्घटना, दुई जना विद्यार्थीको मृत्यु, २० घाइते



काठमाडौ,माघ ३० । काठमाडौँको शंखरापुर नगरपालिकाको जर्सिङपौवामा स्कुल बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ। 

नेपाल प्रहरीका  प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर अन्य २० जना विद्यार्थी घाइते भएका छन्। 

प्रवक्ता आचर्यका अनुसार चाबहिलस्थित एसएस एकेडेमीको विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस नगरकोट पिकनिक गएर फर्कने क्रममा दुर्घटनामा परेको हो।  

प्रतिक्रिया दिनुहोस्