नेपाली काङ्ग्रेस शिवपुरीको अगुवाईमा आगलागी पीडित बखतीलाई आर्थिक रकम सहयोग

नुवाकोट,फागुन १० । नेपाली काङ्ग्रेस शिवपुरी गाउँपालिकाको अगुवाईमा आगलागी पीडित सीताराम बखतीलाई आर्थिक रकम सहयोग गरिएको छ ।
काङ्ग्रेस समर्थित स्थानीय युवाहरूको अगुवाइमा संकलित रकम १ लाख त्रिपन्न हजार बीस रुपैयाँ बराबरको सामग्री तथा नगद हस्तान्तरण गरिएको नेपाली काङ्ग्रेस शिवपुरी गाउँपालिका वडा नम्बर ६ इकाई सभापति माधब पाठकले बताए । पाठकका अनुसार पीडितको समस्यालाई मध्यनजर गर्दै तत्कालका लागि रु १ लाख २२ हजारको सिमेन्ट र नगद ३१ हजार २० रुपैया नगद हस्तान्तरण गरिएको छ ।
शनिबार अग्निपीडित बखतीलाई भेटी काङ्ग्रेस नेताकार्यकर्ताले घरबास निर्माणमा पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो समयमा शिवपुरी गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलिया, नेपाली काङ्ग्रेस प्रदेश प्रतिनिधि कमला तामाङ, जिल्ला कार्यसमिति कोषाध्यक्ष प्रल्हाद पन्त, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य रमेशकुमार पाठक, शिवपुरी वडा नम्बर ६ का निबर्तमान अध्यक्ष लालबहादुर तामाङ, नेपाली काङ्ग्रेस शिवपुरी ६ का इकाई सभापति माधव पाठक लगायतको उपस्थिति रहेको थियोे ।
पीडित बखतीको गत माघ २१ गते बिजुली चुहावट भइ आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको थियोे ।