राँके जुलुस प्रदर्शनका क्रममा झडप, केहि घाइते

ताप्लेजुङ,फागुन १० । ताप्लेजुङको फुङ्लिङमा राँके जुलुस प्रदर्शनका क्रममा झडप भएको छ । केबलकारका विषयमा शनिबार साँझ भएको राँके जुलुस प्रदर्शनका क्रममा झडप हुँदा २ जना घाइते भएका हुन् ।
झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका जनाइएको छ । काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिवार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गर्ने क्रममा वीरेन्द्रचोकमा झडप भएको हो।
झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएका बताइए पनि विस्तृत विवरण आइसकेको छैन।