नुवाकोट लिखु माओवादी केन्द्र गाउँ पार्टी कमिटीको अध्यक्षमा ढकाल



नुवाकोट,फागुन १० । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लिखु गाउँ पार्टी समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न सम्मेलनले गाउँ पार्टी कमिटीको अध्यक्षमा भिम ढकाल निर्वाचित भएका छन् । उपाध्यक्षमा कुलबहादुर मगर, सद्धाम राई र रामप्रसाद न्यौपाने चयन भएका छन् ।

त्यस्तै सचिवमा सन्तोष राई, सहसचिवमा गोकर्ण पाठक र कोषाध्यक्षमा मुना घले निर्वाचित भएको नवनिर्वाचित कमिटीका सचिव सन्तोष राईले बताए ।

प्रतिक्रिया दिनुहोस्