नेकपा एमाले टोखा नगरको अध्यक्षमा पाठक



काठमाडौ,फागुन १२ । नेकपा (एमाले) टाेखा नगर समितिकाे दाेस्राे अधिवेशन सम्पन्न भएको छ ।

आइतबार सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष पदमा गोपिकृष्ण पाठकलाई निर्वाचित गरेको छ ।

त्यस्तै उपाध्यक्षमा गणेशमान श्रेष्ठ, सचिवमा रामकुमार अधिकारी, उपसचिव शारदा गैरे र हर्ष महर्जन चयन भएका छन् ।

त्यस्तै लेखा समितिको अध्यक्षमा सुविन्द्र श्रेष्ठ र सचिवमा बेखानारायण डंगोल निर्वाचित भएको नेकपा एमाले टोखा नगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्