विश्वसंगीत महोत्सव हुँदै

काठमाडौ,फागुन १४ । नमस्ते ब्याण्डले सञ्चालन गरिरहेको संस्था नमस्ते साँस्कृतिक संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डका गायक इश्वर गुरुङ्गको संयोजकत्वमा १८ औं महाशिवरात्री विश्वसंगीत महोत्सब आयोजना गर्दैछ ।
कार्यक्रमको आयोजना अन्तर्गत देश विदेशका गायक गायिका र ब्याण्डहरुले काठामाडौंको एलओडी र पोखराको हलनचोकमा कन्सर्टको आयोजना गरिदैछ । काठमाडौंमा फागुन १४ गते र पोखरामा फागुन १७ गते कन्सर्ट हुँदैछ।
शान्ति, सँस्कृति, एकता, पर्यटन र संगतको प्रवर्धनका लागि कार्यक्रमको आयोजनन हरेक बर्ष आयोजना हुदै आएको छ । १० हजार दर्शकको प्रत्यक्ष सहभागीता रहने अपेक्षा गरिएको छ ।