पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु



सुनसरी,फागुन १४ । सुनसरीमा पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनी नगरपालिका ६ सिशुवाका अजित सुनुवारको तीन वर्षीय छोरा सरिन सुनुवारको पानीमा डुबेर मृत्यु भएको हो ।

सुनुवारको घर नजिकै रहेको पैनीमा डुबेर बालकको मृत्यु भएको जनाएको छ ।

मृतक बालकको लासको कानुनी प्रक्रिया पूरा गरी पोस्टमाटमका लागि विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्