टोखा-छहरे सडक खण्डमा भोलिदेखि टाइम कार्ड लागू

नुवाकोट,फागुन १४ । त्रिशुली-छहरे-टोखा-काठमाडौं सडकखण्डमा भोलि बिहीबारदेखि ‘टाइम कार्ड’ लागु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार एक सूचना जारी गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक यातायातका साधनमा टाइम कार्ड लागू गरेको जनाएको हो ।
यस सडक क्षेत्रमा सवारीसाधनको अत्यधिक चाप बढ्ने, तीव्र गतिमा सवारीसाधन चलाउने अतथा सवारी नियमको उल्लङ्घनसमेत बढ्न गई हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न राजमार्गमा ‘टाइम कार्ड’ लागु गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बताए ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ एउटा उत्तम विकल्प भएको यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको हुमागाईंले बताए । जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न टाइम कार्ड लागु गर्ने र त्यसका लागि ‘टाइम कार्ड’ बनाएर लागु गरिएको उनको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ प्रभावकारी हुन सक्छ भन्ने उद्देश्यले लागु गरिएको उनले बताए ।
त्रिशुली-छहरे-टोखा-काठमाडौं सडकखण्ड हुदैँ कुनै पनि सवारीसाधान दुई घण्टाभन्दा अघि काठमाडौंबाट नुवाकोट र नुवाकोटबाट काठमाडौं पुगेमा कारवाही गरिने जनाएको छ।
