छहरे-टोखा सडक खण्डमा आजदेखि ‘टाइम कार्ड’



नुवाकोट,फागुन १५ । त्रिशुली-छहरे-टोखा-काठमाडौं सडकखण्डमा आज बिहीबारदेखि ‘टाइम कार्ड’ लागु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार एक सूचना जारी गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक यातायातका साधनमा टाइम कार्ड लागू गरेको जनाएको हो ।

यस सडक क्षेत्रमा सवारीसाधनको अत्यधिक चाप बढ्ने, तीव्र गतिमा सवारीसाधन चलाउने तथा सवारी नियमको उल्लङ्घनसमेत बढ्न गई हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न राजमार्गमा ‘टाइम कार्ड’ लागु गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बताए ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ एउटा उत्तम विकल्प भएको यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा रहेको हुमागाईंले बताए । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणमा प्रशासन लाग्नुपर्ने र त्यसका लागि ‘टाइम कार्ड’ बनाएर लागु गर्नुपर्ने सर्वसाधारणबाट समेत माग बढेको थियोे । दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ प्रभावकारी हुन सक्ने प्रमुख जिल्ला अधिकारी हुमागाईले बताए ।

‘टाइम कार्ड’ लागुसंगै त्रिशुली-छहरे-टोखा-काठमाडौं सडकखण्ड हुदैँ कुनै पनि सवारीसाधान दुई घण्टाभन्दा अघि काठमाडौंबाट नुवाकोट र नुवाकोटबाट काठमाडौं पुगेमा कारवाही गरिने जनाएको छ।

जिल्ला प्रशासन नुवाकोटले बुधबार जारी गरेको सूचना:

प्रतिक्रिया दिनुहोस्