टोखाको डिभाइन स्कुलले मनायो आफ्नो १२औं वार्षिकोत्सव

काठमाडौ,फागुन १५ । टोखास्थित डिभाइन स्कुलले आफ्नो १२औं वार्षिकोत्सव विविध साँस्कृतिक कार्यक्रमसहित मनाएको छ। स्कुलका व्यवस्थापन समितिका अध्यक्ष मनिष जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा खगोल वैदिक गणितका विशेषज्ञ डाक्टर जयन्त आचार्य प्रमुख अतिथि रहेका थिए भने विद्यालय संचालक समिति अध्यक्ष तथा टोखा-२ वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टोखा शिक्षा शाखा प्रमुख बाबु राम गौतम, क्याप्टेन विजय लामा, विभिन्न विद्यालयका प्राचार्यहरुको उपस्थिति रहेको थियोे ।
शनिबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै फुटवल खेलाडीद्वय हीरा भुजेल र दिपा शाहीलाई सम्मान गरिएको थियो ।