मध्यरातमा काठमाडौसहित विभिन्न जिल्लामा भूकम्पको धक्का



काठमाडौ,फागुन १६ । मध्यरातमा काठमाडौसहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

मध्यरात २ बजेर ५१ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएकोको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको त्रिव्रता ६.१ मापन गरिएको केन्द्रले जनाएको छ ।

भूकम्पपछि मानिसहरु त्रसित बनेर घरबाट बाहिर निस्किएका थिए । क्षति विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्