काभ्रेमा सुक्खा पहिरोले एकको मृत्यु



काभ्रेपलान्चोक,फागुन १६ । सुक्खा पहिरो जाँदा काभ्रेको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा बिहीबार एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।

वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिल्लर ढलेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्