आँखामा खुर्सानीको धुलो छर्केर चोरी गर्न खोज्दा झडप



मकवानपुर,फागुन १६ । मकवानपुरमा एकजना चोरी गर्न आएका ब्यक्तिले घरमा रहेकाहरुलाई आँखामा खुर्सानिको धुलो छर्केर चोरी गर्न खोज्दा भएको झडपमा घरधनी सहित चोरी गर्न आएका ब्यक्ति घाईते भएका छन् ।

फागुन १५ गते  राती करिव ८ बजे आफ्नै घर इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ अदुवाबारीमा घरमा खाना खाईरहेको अवस्थामा एकजना अपरिचित ब्यक्ती घरमा प्रवेश गरेर खाना खाईरहेका ६३ वर्षका मिनबहादुर भ्लोन र उनकी श्रीमती देवी माया भ्लोनको आँखामा खुर्सानी फ्याँकेर चोरीको प्रयास गरेका थिए ।

अपरिचत ब्यक्तीले एक्कसी खुर्सानीको धुलो छर्केर चोरीको प्रयास गरेपछि भएको झडपमा घरधनी श्रीमान-श्रीमती सहित चोरिगर्न आएका ब्यक्तिपनि घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घाईते भ्लोन दम्पतीको हाल हेटौंडा अस्पतालमा उपचारका भैरहेको र चोरी गर्न आएका ब्यक्तिको चितवमा उपचार भैरहेको प्रहरीको भनाई छ । घाईते मध्य श्रीमान मिनबहादुरको करङ्गको हड्डी भाच्चिएको , हातमा, ढाडमा चोट लागेको , श्रीमतीको आँखा र हातमा चोट लागेको र उनिहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

चोरी गर्न आएका ब्यक्तिको अवस्था भने गम्भीर रहेको बताईएको छ । उनको टाउकोमा चोट लागेको र रगत जमेको कारण हेटौंडामा उपचार संभव नभएपछि चितवन पठाईएको प्रहरीको भनाई छ । चोरी गर्न आएका ब्यक्तीको हालसम्म पहिचान खुलिनसकेको प्रहरीको भनाई छ ।

घटनाको जानकारी पछि स्थानीय प्रहरी पुगेर तीनैजनालाई उद्दार गरेर अस्पताल ल्याएका थिए । फिल्मी शैलीमा चोरी गर्न खोज्दा घटना भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्