मैले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकासका काम गरेँ- पूर्वअर्थमन्त्री महत



काठमाडौ,फागुन १६ । पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफुले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकास गरेको बताएका छन् ।

शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेस बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

त्यस्तै उनले आउँदो ०८४ को प्रत्यक्ष चुनावमा आफू लड्ने समेत घोषणा गरेका छन्।

विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गर्दै उनले भने, ‘अब आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्नेछु।’

प्रतिक्रिया दिनुहोस्