सत्ता साझेदार दलहरुबीच समन्वयका आधारमा कामको गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष



काठमाडौँ,वैशाख ४ ।  नेपाली कांग्रेसले सत्ता गठबन्धन दलसँग तालमेल गर्दै सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सत्ता गठबन्धन दलबीच समन्वय र सन्तुलनका साथ सरकारले आफ्नो गति बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

गठबन्धन सरकार एउटै दलको नहुने भएकाले समन्वयको आवश्यकता रहेकोमा बैठकले जोड दिएको उनले बताए । प्रवक्ता महतले नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता देखिएको धारणा राखे ।

तालमेल र समन्वयका बिषयमा नेतृत्व तहले कुराकानी गरिरहेको र सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको उनको भनाइ थियो ।

प्रवक्ता महतले प्रतिपक्षी दलका नेता प्रचण्डले सरकार ढल्दैछ भन्नु स्वभाविक रहेको भन्दै प्रचण्डले भनेकै आधारमा सरकार बन्ने वा भत्किने भन्ने नहुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्