पञ्चकन्याको घ्याङस्वारा पार्कमा पुष्प खेती प्रवर्द्धन विशेष कार्यक्रम सम्पन्न



नुवाकोट,वैशाख ४ । जिल्लाको पञ्चकन्या गाउँपालिका -४ स्थित घ्याङस्वारा पार्कमा पुष्प खेती प्रवर्द्धन विशेष कार्यक्रम सम्पन्न भएको छ ।

सयपत्री फुलको विरुवा रोपिँदै घ्याङस्वारा सहिद स्मारक पार्कमा विशेष पुष्प खेती प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाको कृषि शाखाको अगुवाइमा आयोजित उक्त कार्यक्रम उपाध्यक्ष विमला के.सी.को अध्यक्षता रहेको थियो। कार्यक्रममा सहभागीहरूले सयपत्री फुलको विरुवा रोपेर पुष्प खेतीको सुरुवात गरेका हुन्।

यस अवसरमा उपाध्यक्ष के.सी.ले प्राकृतिक सौन्दर्य र पर्यटन प्रवर्द्धनसँगै आम्दानीको स्रोतको रूपमा पुष्प खेतीलाई विकास गर्नुपर्ने आवश्यकता औंल्याइन्। कृषि शाखाका प्रतिनिधिहरूले पनि स्थानीय स्तरमा उत्पादनलाई प्राथमिकता दिई आत्मनिर्भरता हासिल गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण तथा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्