शिक्षक महासंघको बैठक बस्दै



काठमाडौं,वैशाख ६ । सरकारसँग वार्ता भएपछि राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ।

महासंघले आज दिउँसो सवा तीन बजे बैठक बोलाएको हो। बैठक रत्नराज्य मावि बानेश्वरमा बस्ने बताइएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ। यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासङ्घका पदाधिकारीबीच शिक्षक आन्दोलन र समस्याको समाधानका विषयमा बालुवाटारमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्