सुनचाँदीको मूल्य स्थिर



काठमाडौं,वैशाख ७ । नेपाली बजारमा शुक्रवारको तुलनामा आज सुनको मूल्य स्थिर छ ।

आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्