कृष्णभीरबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु



काठमाडौं,वैशाख ७ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरबाट त्रिशुली किनारमा मोटरसाइकल खस्दा एक जनाको ज्यान गएको छ ।

बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभीरबाट त्रिशुली किनारमा खस्दा सिन्धुलीको तिनपाटन गाउँपालिका– ९ का २६ वर्षिय मिन बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक हमालका अुनसार मोटरसाइकल सडकबाट करिव तीन सय मिटर तल खसेको थियो । मृतक तामाङको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशुली किनार नजिकै झाडीमा भेटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्