बैरेनी-गजुरी सडकखण्डको यात्रा कष्टकर र जोखिमपूर्ण

धादिङ,वैशाख ७ । पृथ्वी राजमार्गको बैरेनी-गजुरी सडक खण्डको यात्रा अहिले निकै कष्टप्रद र जोखिम बनेको छ ।स्तरोन्नतिका लागि सडक खनेर स्तरोन्नति नहुँदँ सडकको अवस्था दयनीय बनेको हो ।
झन मनसुन सुरुभएसँगै खनेका सडकहरूमा जमेको पानी र हिलोका कारण सवारी सञ्चालनमा कठिनाइ भएको छ ।
विशेषगरी, बजार क्षेत्रमा सडकको दायाँ बायाँ कल्भर्ट निर्माणको क्रममा पानीको निकास सहजै नखोल्दा यस्तो अवस्था आएको हो ।
सवारी जामको समस्या त आजकाल सो खण्डको विशेषता जस्तै बनेको छ ।
करिब २० मिनेटमा पार गर्न सकिने बैरेनी-मलेखु सडक खण्ड पार गर्नका लागि आजकाल झन्डै तीनदेखि चार घण्टा लाग्ने गरेको छ ।
पानी नपरे धुलो र पानी परे हिलोक कारण सास्ती भोग्नु परेको यात्रुहरुको गुनासो छ ।
बाटो विग्रिएपछि यात्रा जोखिमपूर्ण बनेको सवारी चालकहरु बताउँछन ।