शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

काठमाडौं,वैशाख ८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाउनुभएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए ।
“शिक्षा मन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उनले भने, “के कारणले राजीनामा दिएको भन्ने जानकारी छैन ।”
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिएकी छिन् ।